नेपालको जेठो बीमक रहेको यस कम्पनी नेपालको पहिलो बैंक नेपाल बैंक लि को ५१% तथा जनसाधारणको ४९% को सहभागितामा २००४ साल श्रावण ८ गते स्थापना भएको हो।
शुरुमा “नेपाल माल चलानी र वीमा कम्पनी” को नामबाट नेपाल बैंकलाई आवश्यक वीमा सेवा उपलब्ध गराउनुको अतिरिक्त ढुवानीको कार्य गरि आएको यस कम्पनीले बि.सं. २०१६ सालमा आफ्नो नाम “नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लि.” मा परिवर्तन गर्यो। मुलुकमा पहिलो वीमा कम्पनीको रुपमा खडा भएको यस कम्पनीले बिशुद्ध वीमा कम्पनी कै रुपमा कार्य गर्न बि.सं. २०४८ सालमा कम्पनीको नाम “नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड” मा परिणत गर्यो ।
बाँकी +